२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

बाँदर र बँदेलको आतंक: अर्घाखाँचीका कृषक त्रस्त

spot_img

अर्घाखाँची – अर्घाखाँचीका विभिन्न स्थानीय तहमा बाँदर र बँदेलको आतंकले कृषकहरूको दिनरातको मेहनत बर्बाद हुन थालेको छ। खेतबारीमा लगाएको मकै, कोदो, आलु, तरकारी जस्ता बालीनाली जथाभावी नष्ट भएपछि किसानहरू चिन्तित र निराश छन्।

स्थानीय कृषकहरूका अनुसार, बिहानैदेखि झुण्डका झुण्ड बाँदर खेतमा पसेर बाली सखाप पार्ने गरेका छन् भने रातिको समयमा बँदेलले जमिन खोतल्दै जरा नै उखेलिदिने गरेको छ। सुरक्षा न त वन कार्यालयबाट छ, न त स्थानीय तहबाट कुनै राहत।

छ्त्रदेव गाउँपालिका वडा नम्बर ७ का सुजन न्यौपानेले भने, “हामी रातभर खेतमा बाँसको ट्यांकी बजाउँदै बाँदर तर्साउनुपर्छ, न त खान पाइन्छ, न सुत्न। खेती गर्नु पाप हो कि के हो जस्तो भइसक्यो।”

किसानहरूले जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायहरूलाई पटक–पटक गुनासो गर्दा पनि अहिलेसम्म प्रभावकारी उपाय नअपनाएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

नेपाली कांग्रेस अर्घाखाँचीले पनि हालै जिल्ला प्रशासनसँग छलफल गर्दै वन्यजन्तुबाट जनताको बाली जोगाउने स्पष्ट योजना बनाउन माग राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै