बुटवल । रजा–ए–मुस्तफा मस्जिद समिति, बुटवल–१, रुपन्देहीले इस्लाम धर्मावलम्बीहरूको महान् व्यक्तित्व पैगम्बर हजरत मुहम्मद मुस्तफा (सल्लल्लाहु अलैहि वसल्लम) को १५०० औं जन्मोत्सव (जश्ने ईद–ए–मिलादुन नबी) भव्य रुपमा मनाउने भएको छ ।
समितिले जारी गरेको विज्ञप्ति अनुसार आगामी २०८२ भाद्र १८, १९ र २० गते तीन दिनसम्म विभिन्न कार्यक्रमसहित जन्मोत्सव मनाइनेछ ।
कार्यक्रमअनुसार भाद्र १८ गते, बुधबार बिहान ९:०० बजे खाधान्न वितरण गरिनेछ । त्यस्तै भाद्र १९ गते, बिहीबार बिहान १०:०० बजे स्थानीय विद्यार्थीबीच मुस्लिम सन्दर्भमा नात सरिफ प्रतियोगिता आयोजना हुनेछ भने सोही दिन साँझ ७ बजे देखी १० बजे सम्म मिलादुनबी कार्यक्रम हुनेछ ।
यसैगरी, भाद्र २० गते, शुक्रबार बिहान ८:०० बजे बजार परिक्रम (विशाल र्याली) आयोजना गरिनेछ । प्रत्येक कार्यक्रमपछि सहभागीहरूका लागि खानाको व्यवस्था रहने समितिले जनाएको छ ।
समितिले सम्पूर्ण मुस्लिम समुदाय, बुटवलवासी तथा देश–विदेशमा रहेका धर्मावलम्बीहरूलाई कार्यक्रममा सहभागी भई सफल पारिदिन अनुरोध गरेको छ । साथै, इस्लामको सन्देशअनुसार समाजमा शान्ति, सद्भाव र एकता कायम गर्न सबैलाई आग्रह गरिएको छ ।
र बजार र्यालिमा आम मुस्लिम समुदायलाई आफ्नो पसल व्यवसाय बन्द गरि सेतो कुर्ता,पाईजामा र भादगाउँले टोपी सहित उपस्थिति हुन आव्हान गरेको छ । 











