बुटवल – १५०० औं जश्ने ईद मिलादुन नबी (हजरत मोहम्मद मुस्तफा स.अ.व.) को शुभ जन्मोत्सवको अवसरमा बुटवल–१ स्थित रजा–ए–मुस्तफा मस्जिद समितिले विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
समितिका अनुसार आउँदो भाद्र १९ गते विहिबार बिहान १०:०० बजे मस्जिद परिसरमा स्थानीय मुस्लिम समुदायका विद्यार्थीबीच नात–शरिफ प्रतियोगिता आयोजना हुनेछ । यस प्रतियोगितामा इच्छुक बुटवलवासी पुरुष वा महिलाले समितिसँग सम्पर्क गरी सहभागिता जनाउन सक्नेछन् ।
प्रतियोगितामा भाग लिन इच्छुकले भाद्र १७ गते दिउसो २:०० बजेभित्र दर्ता गर्नुपर्ने समितिले जनाएको छ ।
सम्पर्कका लागि हाजी अब्दुल सहमत (९८५७०२६८८४), हाजी अकबर खा (९८५७०३१४८६) र हसरद्दिन (९८५७०३७५८६) लाई सम्पर्क गर्न सकिने समितिले जानकारी दिएको छ ।











