बुटवल, – हजरत मोहम्मद मुस्तफा स्वल्ललाहो अलैहे वसल्लमको १५०० औं शुभ जन्मोत्सवको अवसरमा रजा ए मुस्तफा मस्जिद बुटवल–१ ले नेपाल अपांग आश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।
कार्यक्रमको अध्यक्षता मस्जिद संस्थाका अध्यक्ष हाजी अब्दुल सहमतले गर्नुभएको थियो भने सञ्चालन महासचिव हसर दिन मियाँले गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष हाजी अक्बर खाँले प्रस्तुत गर्नुभएको थियो ।
सो कार्यक्रममा मस्जिदको कार्यसमिति सदस्यहरू, मुस्लिम समुदायका अगुवाहरू तथा स्थानीय श्रद्धालुहरूको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममार्फत इस्लामले सिकाएको मानव सेवा र परोपकारलाई आत्मसात गर्दै अपांग आश्रमका लाभग्राहीलाई खाद्यान्न वितरण गरिएको आयोजकहरूले जनाएका छन् ।












